काठमाडौं । सशस्त्र प्रहरी बलको कल्याणकारी कोष अन्तर्गत संचालित पेट्रोल पम्पमा लामो समय काम गरेका ८ इन्स्पेक्टरले दिएको राजीनामा उनीहरुको कार्यकालको बक्यौता तिरेपछि मात्रै स्वीकृत हुने भएको छ । आईजीपी राजु अर्यालले जस जसका पालामा पेट्रोल पम्पको बक्यौता छ, त्यो असुली गरेपछि मात्र राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि ८ इन्स्पेक्टर सशस्त्र मुख्यालयको कार्यदलमा हाजिर गर्दै बसेका छन् ।
सशस्त्र प्रहरी बलको पेट्रोल पम्पमा कार्यरत १२ इन्स्पेक्टरले राजीनामा दिएका थिए । ती मध्ये ८ जनाको बक्यौता देखिएपछि उनीहरुले त्यो असुली नगरेसम्म राजीनामा स्वीकृत नगर्न आईजीपी अर्यालले निर्देशन दिएपछि उनीहरु कार्यदलमा हाजिर गरी दिन कटाइरहेका छन् । ८ जनामध्ये पूर्वआईजीपी शैलेन्द्र खनालको कार्यकालभर सशस्त्र मुख्यालय हलचोकको पम्पमा कार्यरत रविन थापा थिए । सो पम्पबाट मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीलाई मात्रै २७ लाखको तेल उधारोमा लगेका छन् । जुन बक्यौता उनले अहिलेसम्म तिरेका छैनन् ।
पम्पमा कार्यरत सशस्त्रका इन्स्पेक्टरमध्ये कतिपय विदेश जाने सुरमा थिए । तर राजीनामा नै स्वीकृत नभएपछि कार्यदलको ब्यारेकमा दिन बिताउन बाध्य छन् । सशस्त्रको पेट्रोल पम्पको इन्चार्ज हुन ठूलो चलखेल हुनेगरेको छ ।
यसैबीच, बिभिन्न संचारमाध्यममा बागमती प्रदेशका यसअघिका सशस्त्रका डीआईजी लक्ष्मणबहादुर सिंहले अस्पतालमा काजमा कार्यरत एक हवल्दारलाई सिभिलमा घुमुवा राखी ब्यापारीसँग डिल गर्न पठाएको बिषयमा छानबिन गर्न अर्का डीआईजी कुलबहादुुर नेम्वाङको अध्यक्षतामा समिति बनाइएको स्रोतले बताएको छ ।
मधेश प्रदेशमा १ दशकभन्दा बढी सादा पोशाकमा खटिएका सहायक हवल्दार इमाम आलम ठकुराईलाई राजु अर्याल आईजीपी भएपछि घुमुवा अप्रेसन अन्तर्गत श्रीअन्तु गुल्म इलाममा सरुवा गरिएको थियो । तर उनी सरुवा गरिएको ठाउँमा जाँदै नगई १ बर्षदेखि बिरामी भएको भनी सशस्त्रको बलम्बुस्थित अस्पतालमा काजमा थिए ।
नक्कली बिरामी भएर अस्पतालमा काजमा कार्यरत ठकुराईलाई बागमती प्रदेशका यसअघिका डीआईजी लक्ष्मणबहादुर सिंहले बीरगंज र बारामा भन्सारछलीका सामान ल्याउने ब्यापारीहरुकोमा अतिरिक्त आम्दानीका लागि परिचालन गरेको समाचार पत्रपत्रिकामा आएपछि नेम्वाङको अध्यक्षताम छानबिन समिति गठन भएको हो । मधेश प्रदेशमा डीआईजीका घुमुवाका रुपमा कार्यरत उनी विवादमा परेका थिए ।
अस्पतालमा एक बर्षदेखि काजमा बसी मधेश प्रदेशका बारा पर्सामा ब्यापारीहरुसँग डिआईजीकोमा डिल गर्ने गरेको समाचार आएपछि उनलाई दरबन्दीमा हाजिर गराउन अस्पतालका डीआईजी किशोर प्रधानलाई रमाना दिएका थिए । उनी श्रीअन्तु गुल्ममा हाजिर भएकै भोलि पल्ट सशस्त्र मुख्यालयबाट उनलाई पठाइदिन पत्र गयो । उनलाई सशस्त्र मुख्यालयको कार्यबिभागमा हाजिर गराइएको छ ।
नेपाल प्रहरीमा १ नम्बर गणमा राखे जस्तै सशस्त्रमा छानबिन गर्नुपर्नेहरुलाई कार्यदलमा राख्ने गरिएको छ । गल्ती देखिए कारबाही हुने र नदेखिए दरबन्दीमा खटाउने गरिन्छ । छानबिन हुन्जेल बाहिर पनि पनि जान नदिई कार्यदलमा राखिन्छ । तर इमाम ठकुराईलाई भने १० बजे हाजिर हुने र ४ बजे जाने सुविधा दिइएको छ ।
पेट्रोल पम्पका इन्स्पेक्टरहरुलाई छानबिन नसकिएसम्म कार्यदलमा राखिरहेको सशस्त्र मुख्यालयले ठकुराईलाई भने किन ज्वाइँलाई जस्तै छुट दिएको हो भन्ने प्रश्न उठेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend