Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • समाजवादी मोर्चाको बैठक आज पनि बस्दै, के छन् एजेन्डा ?


    आइतबार, फाल्गुन १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक डाकेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त मोर्चाको शीर्ष नेताको बैठकमा काठमाडौँका सहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

    साथै मोर्चामा नेकपा(मसाल)लाई ल्याउने सहमति गरेको थियो । सचिवालयको बैठक आइतबार दिउँसो ४ बजे नेकपाको कार्यालय बुद्धनगरमा बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए ।

    बोगटीका अनुसार कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो लाग्नेछ । मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह हुने उनले बताए ।

    ‘आजको बैठकले मोर्चाले अन्तरक्रियाको कार्यक्रमसहित एमाले लगायत दलहरूलाई मोर्चामा आउन आग्रह हुनसक्छ । नेकपा(मसाल) लाई मोर्चामा ल्याउने विषयमा सहमति भएको छ’, बोगटीले बताए ।

    यद्यपि माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो सरेकाले बैठक बस्ने/नबस्नेबारे अनिश्चित देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार