काठमाडौं । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ । यो तथ्यांक सन् २०२३ सम्मको हो ।
त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।
नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्धसमेत लगाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटेको छैन । वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो ।
यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् । नेपाल सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला गर्दै विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले रोजगारी पाउने थिए ।
कुवेती अधिकारीहरूले मुलुकको डिजिटल रूपान्तरणको एक भागका रूपमा घरेलु कामदारहरूको प्रायोजन स्थानान्तरण गर्न अनलाइन सेवा सुरु गरेका छन् । गृह मन्त्रालयले सरकारी एप साहेलभित्र नयाँ सेवा ल्याएको छ । नागरिकहरूका लागि प्रक्रियाहरू सुव्यवस्थित गर्ने प्रयासमा मन्त्रालयले एकीकृत सरकारी सेवाहरूका लागि साहेल एपमार्फत घरेलु कामदारहरूको रेसिडेन्सी परमिट (इकामा) एक प्रायोजकबाट अर्कोमा हस्तान्तरण गर्न सक्षम गर्ने सेवा सुरु गर्ने घोषणा गरेको छ ।
फिलिपिन्सबाट नयाँ कामदारमाथि लगाइएको प्रतिबन्धका बाबजुद कुवेतमा घरेलु कामदारको संख्या गत अक्टोबरमा ८ लाख ११ हजार पुगेको छ । यो संख्या सन् २०२१ को अन्त्यमा ५ लाख ८३ हजार थियो । भारतबाट घरेलु कामदारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा लगभग ३० प्रतिशतले बढेर ३ लाख ६१ हजार पुगेको छ । यसमा पनि महिला भारतीय घरेलु कामदारहरूको संख्या २८ दशमलव ७ प्रतिशत रहेको छ ।
यसको विपरीत तथ्यांकले श्रीलंकाबाट घरमा काम गर्ने कामदारहरूको संख्या सन् २०२२ मा ७९ हजारबाट गत वर्ष ४८ हजार २ सयमा घटेको देखाएको छ । जसमा महिला श्रमिकहरू ९० प्रतिशतभन्दा बढी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
नयाँ भर्तीमा प्रतिबन्धका बाबजुद कुवेतमा फिलिपिन्सका घरेलु कामदारको संख्या आधारमा दोस्रोमा आएर २ लाख १० हजार पुगेको छ । यसबाहेक, फिलिपिन्स अझै पनि कुवेतमा विदेशी महिला घरेलु कामदारहरूको कुल संख्यामा शीर्ष स्थानमा छ, जुन देशको कुल फिलिपिन्स घरेलु कामदारहरूको ९९ दशमलव ४ प्रतिशत हो ।
कुवेतले फिलिपिन्सका कामदारहरूका लागि सबै भिसा जारी गर्न निलम्बन गर्ने घोषणा ग¥यो, जुन प्रतिक्रियामा फिलिपिन्स अधिकारीहरूले दुई मुलुकबीच पहिले भएको श्रम सम्झौताको पालना गर्न असफल भयो । यद्यपि, कुवेतले वैध रेसिडेन्सी इजाजत भएका फिलिपिनोहरूका लागि नवीकरण जारी राखेको छ । दुई मुलुकबीच विवाद समाधानका लागि हालै भएको वार्ताले सकारात्मक नतिजा नआएको मिडिया रिपोर्टले जनाएको छ । राजधानी दैनिकबाट
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend