Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या


    मंगलबार, माघ ९ २०८०
    980
    Shares
    l;Gw'kfNrf]s,@ c;f/ M l;Gw'kfNrf]s lhNnfsf] d]nDrL gu/kflnsf j8f g+ !! d]nDrL ahf/df . d+unaf/b]lv OGb|fjtL gbLdf cfPsf] af9Lsf sf/0f a'waf/ 8'afg k/]sf] d]nDrL ahf/ . t:jL/ M rGb|snf If]qL,/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी प्रभावित १२० घरधुरीमा गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो ।

    समुदायका मुख्य सूचनादातासँगको छलफल, विस्तृत केस अध्ययनलगायत विधिबाट गरिएको उक्त बृहत् अध्ययनअनुसार विपत्ले त्यहाँका स्थानीयमा आर्थिक मात्र नभई गैरआर्थिक हानिनोक्सानीसमेत गरेको देखिएको छ ।

    उमेरगत हिसाबले ४६ देखि ६० वर्ष उमेर समूहका झन्डै ३७ प्रतिशत र त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका २६ प्रतिशत उत्तरदाता मानसिक हिसाबले सबैभन्दा बढी प्रभावित रहेको पाइएको हो । कुल ५३८ घरधुरीबाट छानिएका १२० वटामा सर्वेक्षण गरिएकोमा १०३ घरधुरीमा यस प्रकारको समस्या देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार