Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


    सोमबार, माघ ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार