Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आजबाट आमरण अनशन बस्दै डा. गोविन्द केसी


    शुक्रबार, मंसिर २९ २०८०
    985
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकारसँग पटक-पटक भएको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आजबाट आमरण अनशन सुरु गर्ने भएका छन् ।

    डा. केसीले आज शुक्रबार बेलुकी ५ बजेदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।

    डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने माग अघि सारेका छन् । यस्तै, डा. केसीले आफूसँग यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्न माग पनि गरेका छन् ।

    डा. केसीले सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअघि भएको सम्झौता अनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्ने सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि राखेका छन् ।

    उनले १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयमा नियुक्ति गर्नुपर्ने उनको माग छ ।

    यसैगरी, डा. केसीले एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्ने पनि माग अघि सारेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार