काठमाडौं । चीनसँग जोडिएका तातोपानी र रसुवा नाकाबाट इलेक्ट्रिक सिगरेट(भेप) निर्वाध रुपमा तस्करीका माध्यमबाट भित्रिरहेको छ । गएको बर्ष त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट १० किलो सुन जडान गरेर ल्याएको भेटिएपछि भेप आयातमा कमी आएको थियो । तर रसुवा भन्सारबाट प्रज्ञापनपत्रमा एउटा सामान लेखेर भेप आउने गरेको सूचना पाएपछि भन्सार विभागको टोली अनुगमनमा खटिएको थियो ।
ब्यापारीले रसुवा भन्सारका प्रमुख रामप्रसाद पाठकसँग सेटिङ मिलाएर तस्करी गरी भेप ल्याउने गरेको खुलेको छ । प्रज्ञापनपत्रमा लत्ताकपडा, जुत्ता उल्लेख गरी भेप ल्याउने गरिएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले पठाएका पाठकले तस्करीको लाइन माथिकै सेटिङमा चलाएको रोक लगाएको भेपसमेत ल्याउन दिनुले पुष्टि गरेको छ ।
भन्सार विभागको अनुगमन टोलीले गएको बुधबार (मंसिर १३ गते) रसुवा भन्सारबाट जाँचपास भइसकेको गाडी चेकजाँच गर्दा भेप भेट्टाएको छ । भेप बोकेको उक्त गाडी रसुवा भन्सार कार्यालय टिमुरेबाट पास भएर धुन्चे पार गरिसकेको थियो । गाडी धुन्चे पार गरिसकेपछि भन्सार विभागको टोली अनुगमनमा आएको सूचना तस्करले पाएपछि पुनः भन्सार कार्यालय टिमुरेमै फर्काइएको थियो ।
भन्सार विभागको टोलीले उक्त गाडी चेकजाँच गर्दा करोडौंको भेप फेलापरेको छ । भेप काठमाडौंतर्फ आइरहेकाले बाटोमै बरामद गर्न गएको अनुगमन टोली भन्सार कार्यालयसम्म पुग्दा पनि फेला पार्न सकेन । तर गाडी नम्बरसहित सूचना पाएकाले टोलीले यार्डमै गएर चेक गर्दा करोडौंको भेप फेलापरेको थियो ।
प्रज्ञापनपत्रमा अर्कै सामान लेखिएको भए पनि गाडीमा भेप भेटिएको थियो । ब्यापारीहरुले रसुवा भन्सार कार्यालयबाट भेप निर्वाध रुपमा ल्याउने गरेका छन् भन्ने यो घटनाले देखाएको छ । भन्सार विभागले अनुगमन गर्दा भेटिएपछि मात्र बाहिर आएको हो । भन्सार प्रमुख रामप्रसाद पाठकसँग सेटिङ गरी भेप आउने गरेको स्रोतले बताएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतकी श्रीमती विना महतको जोडबलमा पाठकलाई रसुवा भन्सार कार्यालयको प्रमुखमा सरुवा गरिएको थियो । झापा घर भएका पाठकलाई पठाउने क्रममा ठूलै आर्थिक चलखेल भएको थियो । पाठक रसुवा भन्सारमा प्रमुख भइसकेपछि मन्त्री महतकै इशारामा तस्करीको लाइन चलाएको स्रोत बताउँछ ।
गएको साउनसम्म चीनबाट स्थल नाका तातोपानी, रसुवागढी र हवाईमार्गबाट पनि नेपालमा अहिलेसम्म अरबौं रुपैयाँको भेप भित्रिसकेको छ । उक्त भेपमा सुन ल्याएको खुलेपछि मात्र सरकार सजग भएको थियो ।
सरकार सजग भए पनि प्रज्ञापनपत्रमा अर्कै सामान उल्लेख गरी भेप भित्रने गरेको रसुवा भन्सारबाट पास भइसकेपछि बरामद हुनुले पुष्टि गरेको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकसँग अर्कै सामानको प्रज्ञापनपत्रमा भेप तस्करी हुने गरेको र भन्सारबाट पास भइसकेको भेप बोकेको गाडी बीच बाटोबाट फर्काइएकोबारेमा प्रतिक्रिया माग्दा उनले भने–‘भन्सार विभागबाट टोली अनुगमनमा आएको छ । प्रतिवेदन दिइहाल्छ नि ।’
त्यसैगरी, मन्त्री महतकै भान्जा नाता पर्ने अरुण थापा र भन्सार प्रमुख पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ छिरिङ वाङ तामाङले समेत ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी करोडौं राजस्व मार्ने काम गरी तस्करी गरिरहेका छन् ।
गएको कात्तिक १५ गते ब्रान्डेड सामानलाई कमसल भनेर ल्याएको सूचना भन्सार विभागमा पुग्यो । विभागले भन्सार अधिकृतको नेतृत्वमा अनुगमन टोली पठाएको थियो । अनुगमन टोलीले पुनः ती सामानको जाँच गर्दा गलत घोषणा गरिएको पुष्टि भएको थियो । मन्त्रीकै भान्जा र भन्सार प्रमु्खका चालकका भाइ नै मुछिएकाले भन्सार विभागको अनुगमन टोलीले मानवीय त्रुटि भएको प्रतिवेदन बनाई उन्मुक्ति दिइएको थियो ।
मन्त्रीका भान्जा थापा, छिरिङ वाङ र जनार्दन शर्माको समूहले पाठक भन्सार प्रमुख भएपछि रसुवाबाट तस्करीको लाइन पाएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend