Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय दूताबासको दबाबमा भेप आयात रोक्ने सरकारको तयारी, करोडौं राजस्व गुम्ने


    बुधबार, बैशाख २६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले इलेक्ट्रिक सिगरेट(भेप)को प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । नेपालमा चीनबाट भेप आयात हुने गरेको छ । स्वास्थ्यमा असर पर्ने भएकाले भेप आयातमा प्रतिबन्ध लगाउन खोजिएको बताइएको छ । केही बर्षदेखि चीनबाट नेपालमा भेप आयात हुँदैआएको छ ।

    भेपकै जस्तो स्वास्थ्यमा असर गर्ने विदेशी चुरोट र मदिरा आयात भने सरकारले बर्र्षौदेखि गरिरहेको छ । तर चुरोट र मदिरालाई भने सरकारले आयात रोक्नेतर्फ सरकारले सोचेको छैन । भेप आयातका बारेमा निर्णय गर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले हो । तर भेप आयात रोक्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अग्रसरता बुझिनसक्नु छ ।

    जनस्वास्थ्यको उधुम चिन्ता प्रकट गर्दै क्षेत्राधिकार नै नभएको स्वास्थ्य मन्त्रालय भेप आयात प्रतिबन्ध लगाउन अग्रसर भएको छ । तर, स्वास्थ्यमा पर्ने असर भन्दा पनि भारतीय दबाबले काम गरेको जानकारहरुको भनाइ छ । भारतीय दूताबासको दबाबमा सरकारले भेप आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको आरोप छ ।

    भेप चीनबाट नेपाल हुँदै भारतमा जाने गरेको छ । नेपालको बाटो हुँदै भेप जाने क्रम रोक्न भारतको दबाबमा यसअघि भन्सार बढाएर प्रतिगोटा ८ डलरसम्म पुर्याइयो । चीनमा १ देखि २ डलरसम्म पाउने भेपको भन्सार शुल्क नै ८ डलर पुर्याइएपछि आधाभन्दा बढी तस्करीको माध्यमबाट भित्रन थाल्यो । जसका कारण भेप आयात गर्दा आउने राजस्व गुम्न पुग्यो ।

    भेप आयातमा प्रतिबन्ध लगाएसँगै नेपाललाई आउने अरब भन्दा बढी राजस्व गुम्ने भएको छ । भन्सार विभागका एक उच्च अधिकारीले भने-भेप आयातमा प्रतिबन्ध लगाए पनि चीनबाट तस्करीको माध्यमबाट आउने क्रम रोकिने छैन । यसले नेपालले ठूलो राजस्व गुम्नेछ भने अर्कोतिर तस्करीको माध्यमबाट भेप भित्र्याउने क्रम पनि रोकिन सक्दैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार