काठमाडौं । पुलदेखि विभिन्न ठेक्का लिएर समयमा काम नसक्ने र गुणस्तरहीन निर्माण गरेपछि कारबाहीमा परेको पप्पु कन्ष्ट्रक्सनका संचालक हरिनारायण रौनियार एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बीरगंजमा गएर अबिरजात्रा गरी पार्टीमा भित्र्याउन लागेका छन् ।
ठगीकण्डदेखि ठेक्कामा घोटाला गर्ने पूर्वसांसद रौनियारलाई एमालेले रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भएको छ । विगतमा दुर्गा प्रसाईलाई पार्टीमा भित्र्याएर केन्द्रीय सदस्य बनाएर पुल्पुल्याएको परिणाम भोगिरहेका एमाले अध्यक्ष ओलीले अर्का त्यस्तै विवादित रौनियारलाई पार्टीमा ल्याउन लागेका छन् ।
डा. भीमबहादुर रावल, नरेश खरेल, घनश्याम भूसालहरुलाई लखेटेर एमालेले एकनाथ ढकाल, हरिनारायण रौनियार, कोमल ओली, मोति दुगड, दुर्गा प्रसाईलाई पार्टीको नेतृत्वमा बिराजमान गराएकोमा पार्टीभित्रै पनि असन्तुष्टि ब्याप्त छ । तर खुलेर ओलीको बिरुद्ध बोल्ने हिम्मत भने कसैले गर्न सकेका छैनन् ।
रौनियारलाई प्रवेश गराउन पर्साको पोखरीयामा बुधबार एमालेले बृहत् कार्यक्रम गर्ने भएको छ ।
केही दिनअगाडि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेर फर्किएका थिए । उक्त भेटमा रौनियारले पर्सामै कार्यक्रम गरेर पार्टी प्रवेश गर्ने कुरा राखेपछि ओली नै जान लागेका हुन् । रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए ।
उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीबाट पूर्व सांसदसमेत रहेका रौनियारको पप्पु कन्स्ट्रक्सन २०८० साउनमा कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्ष्ट्रक्सन सहित २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।
६ बर्षअघि पप्पु कन्ष्ट्रक्सनले ठेक्का लिएको बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल निर्माण नसकिंदै भासिएको थियो । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएका कारण जब्दी पुल निर्माण पूरा नहुँदै भासिएको थियो । जुन पुल अहिलेसम्म पनि पुननिर्माण हुन सकेको छैन ।
२०७४ साउन २८ गते बबई नदीमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई बाँकेमा दर्ता भएको ठगीसम्बन्धी उजुरीमा २०८० असार १५ गते प्रहरी बृत्त बानेश्वरले पक्राउ गरेको थिया ।
बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको थियो ।
ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने पप्पु कन्ष्ट्रक्सनको नाम अग्रपंक्तिमा छ ।
पप्पुले ठेक्का लिएका मध्यपहाडी लोकमार्ग अन्तर्गतका २ पुल, मदन भण्डारी राजमार्गको कमला पुल, हुलाकी राजमार्ग अन्तर्गतका निर्माणको क्रममा रहेको ६ वटा पुलमध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएका ३ वटा पुल ८ वर्ष बित्दासमेत निर्माण पुरा हुन सकेको छैन ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend