काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ ।
‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले भने । उनका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइने छ ।
मन्त्रालयका अनुसार कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उनले भने, ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ ।
जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटका १ शिक्षकको मृत्यु भएको छ ।
रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् । चाडबाडका कारण विद्यालय बन्द भएकाले धेरै मानवीय क्षति नभएको हो ।
सचिव डा। काफ्लेले भूकम्पबाट क्षति भएका विद्यालयमा तत्काल अस्थायी अध्ययन केन्द्र (टीएलसी) निर्माण गर्ने तयारी गरेको जानकारी दिए । कर्णाली प्रदेशले पूर्ण र आंशिक क्षति भएका विद्यालयमा टीएलसी निर्माण गर्ने तयारी गरिरहेको छ ।
मन्त्रालयले एक महिना लामो बिदापछि आजबाट विद्यालय खुल्दा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको आँकलन गरेको छ । भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend