Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महतको दाबी- जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ


    बुधबार, पुष १८ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको प्रष्ट पारेका छन् । ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गरेका हुन् ।

    तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनले जानकारी दिए । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने उनले बताए ।

    हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनको भनाई थियो । आफ्नो स्रोतबाहेक अन्य क्षेत्रबाट पनि रकम जुटाउन पहल भइरहेको मन्त्री महतले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार