काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोडभन्दा बढी रकम जम्मा भएको छ । कोषमा अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट २१ करोड पाँच लाख ४९ हजार ७५१ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।
जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर र सूर्य नेपाल प्रालिले एकएक करोड रुपैयाँ जम्मा गरेका छन् ।
तेस्रोमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, कृषि विकास बैंकले ५०-५० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । नेकपा एकीकृत समाजवादी, लुम्बिनी विकास कोष, नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड, एभरेष्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, यती ब्रुअरी लिमिटेडले २५-२५ लाख रकम जम्मा गरेका छन् ।
यस्तै पीएडीटी मन्दुर सेवाले २१ लाख २१ हजार २२१, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले १२ लाख ५० हजार, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख ५१ हजार १००, एयर डाइनेष्टीले ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend