काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति ३ महिनामा ६.७ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।
त्यस्तै हालको विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend