Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब सहयोग गर्ने


    बुधबार, कार्तिक २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।

    बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरुबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन र अरु कर्मचारीहरुबाट १ दिनको तलब रकम सहयोग स्वरुप जम्मा गर्ने समेत निर्णय गरेकाे बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार