काठमाडौं। सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठक न्यायाधीश नियुक्ति गर्न असमर्थ बनेको हो ।
न्यायाधीश नियुक्ति सधैँभरि विवादको विषय बन्दै आएको छ । शनिबारको बैठकमा पनि परिषद् सदस्यहरूबीच विवाद हुँदा न्यायाधीश नियुक्ति सिफारिस हुन नसकेको परिषद् सचिवालयले जनाएको छ । बैठकले उच्च अदालतका सात न्यायाधीश र जिल्ला अदालतका पाँच न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उच्चमा मुख्य न्यायाधीशसहित ३५, सर्वोच्चमा ६ र जिल्लामा ३८ न्यायाधीशको पद रिक्त छ । यसअघि शुक्रबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशका नाम सिफारिस गरेको थियो । जिल्ला न्यायाधीशमा एकजना मात्र उत्तीर्ण जिल्ला अदालतमा रिक्त ३८ न्यायाधीशको पदका लागि लिइएको परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend