Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि घट्यो सुनको मुल्य


    बुधबार, कार्तिक १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा सुनको भाउ लगातार आज पनि घटेको छ।

    आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनको भाउ गत सोमबार र मंगलबार पनि तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार