Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लुटपाट गरेको आराेपमा २ जना पक्राउ


    बिहिबार, कार्तिक २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई पक्राउ गरेको छ।

    सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार