Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ


    शुक्रबार, असोज २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हतियार देखाई लुटपाटमा संलग्न रहेको आराेपमा तीन जना पक्राउ परेका छन् । काठमाडौंको बौद्ध क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न रहेको आराेपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा कमलामाई नगरपालिका-२, सिन्धुलीका ३६ वर्षीय अमर घलान, लालबन्दी नगरपालिका-१५, सर्लाही घर भई कांडाघारी बस्‍ने ३६ वर्षीय सन्तोष लो तामाङ र लिशंखु पाखर गाउँपालिका-२, सिन्धुली घर भई हाल गोकर्णेश्वर बस्‍ने ३० वर्षीय जितेन लामा रहेका छन् ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार