Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नेप्से १७.५६ अंकले घट्दा एक अर्ब १९ करोडको कारोबार


    मंगलबार, असोज १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

    यसदिन नेप्से १७.५६ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ७२ विन्दुमा बन्द भएको हो ।

    त्यस्तै, आज एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ७ प्रतिशतले बढेको छ ।

    आज सामुदायिक लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार