Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको?


    शुक्रबार, भाद्र २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ९६ रुपैयाँ कायम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार