वीरेन्द्रनगर। जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए। चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ। जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।
आइतबार बिहान ६:४५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend