Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा शुक्रबार समाजवादी मोर्चाको सन्देशसभा


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चा नेपालले भोलि पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत मोर्चामा आबद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    यसैबीच हरेक दलबाट तीनतीन जना प्रतिनिधि हुनेगरी मोर्चाको गण्डकी प्रदेशको संयोजन समिति गठन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार