काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले बाबु पुस्ताले राजनीतिक परिवर्तनका लागि गरेको त्यागमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाबु पुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुको नाच निन्दनीय रहेको बताएका हुन् ।
‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं’, लामिछानेले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ किनकी यो परिवर्तनमा बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ ।’
माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए । आफ्ना ढोकासम्म नआइपुग्दासम्म मात्र सरकारले सुशासनको कुरा गरेको उनको आरोप छ ।
भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले आशंका व्यक्त गरे । ललिता निवास प्रकरणमा निर्णायकर्तालाई सुनपानी छर्किए जसरी चोख्याइएको लामिछानेको आरोप छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend