Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • यस्तो छ आज सुनचाँदीको मूल्य


    सोमबार, साउन २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।

    सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घले आज चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भइरहेको जनाएको छ । जुन, हिजो आइतबारकै कारोबार मूल्य हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार