कुमार दाहाल
Dark psychology मनोविज्ञानको एउटा शाखा हाे। जसले मान्छेलाई बुझ्न, विश्लेषण गर्न र उपयोग गर्न सिकाउँछ। यो नयाँ विषय होइन । तर अहिलेको विश्वमा यो प्रचलित छ। यसले मानिसको व्यवहारको वैज्ञानिक दृष्टिले निरीक्षण ,अध्ययन र मनोवैज्ञानिक विश्लेषण गर्छ। र, मानिसका उपयोगमा देखिने खराबीहरूको पहिचान गर्ने प्रयत्न गर्छ । व्यवस्थापन सुधारको लागि यो उत्तम औजार पनि हाे ।
रामानुजन भारतका विश्व परिचित गणितज्ञ हुन । पहिलो विश्वयुद्धताका झण्डै ५ वर्ष उनी बेलायतको विश्वविद्यालयमा गणित अध्ययन गर्न गए । उनी विलक्षण थिए। उनि पुजा गर्थे। प्रकृतिसँग कुरा गर्थे । उनी त्यसताका यति विक्षिप्त थिए कि एकपटक ट्रेनको लिकमा आत्महत्या गर्नसमेत गएका थिए। बिदेशी साथीभाईले उनलाई पागल भने । professor हार्डीले उनको विषयमा एक ठाउँ भनेका छन् । “मलाई रामानुजनकाे मनोविज्ञान थाहा छ । यो बदल्न सकिन्छ। तर उनलाई उनकै मनोविज्ञानमा छोडी दिनु पर्छ।” ब्याक्ती ,समाज र संस्कृति बुझेको व्यक्तिले मात्र dark psychology विश्लेषण गर्न सक्छ। र, यसलाई नतिजा दिनसक्छ भन्ने यो राम्रो उदाहरण हाे ।
समाजको प्रवृत्ति ,प्रकृति र संस्कृति नबुझी त्यो देशको प्रशासन बुझ्न सकिँदैन भन्ने रिग्सको भनाई आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रोमा निजामती र सरकारी सेवामा व्यक्ति समाज र संस्कृतिको सम्बन्ध राम्रो बनाउन ऐन कानुन नीति नियम छन् ।अहिले आरक्षण सकारात्मक विभेदको नीति छ । सरुवा, बढुवा, वृत्ति विकासका पद्धति नीतिगत रुपमा राम्रा छन्।तर पुजिगत खर्च बढेकै छैन। निर्णय प्रक्रिया परम्परागत छ। कर्मचारीको सम्बन्ध मित्रवत् छैन। एकापसमा शंका छ ।तलब सुविधा भैकन पनि कर्मचारी उत्प्रेरित छैनन। कर्मचारीको मुल्यांकन जनताले राम्रो गरेका छैनन्। किन ? यसको मनोवैज्ञानिक अध्ययन गर्नु जरुरी छ..। यी विषयलाई डार्क साइकाेलाेजीकाे सापेक्षमा हेर्दा सान्दर्भिक नै हुन्छ। किनकि कर्मचारितन्त्र समाजकै उप अङ्ग हो । व्यक्ति समाज र परिवार सरल रेखामा हुँदैनन। यसमा व्यक्तिगत र सामूहिक मनोविज्ञानले सधै काम गरिराखेको हुन्छ ।
शाखा अधिकृत सेवा प्रवेश गरेको उत्सुक कर्मचारीलाई आफ्ना अग्रजले भन्ने गर्छन्। तिम्रो योग्यताले काम गर्दैन । यहाँ सम्बन्ध, आफ्नो मान्छेले काम गर्छ। राजनीतिले प्रशासनलाई भन्ने गर्छ सहयोग भएन । नेतृत्वले भन्ने गर्छ कर्मचारी योग्य भएर के गर्ने सहयोगी छैन । समाजमा नकमाउने कर्मचारीको मान हुँदैन । हेर्दा यी भनाइ र ब्यबहार सामान्य लाग्छन । चलनचल्तीमा यो हाम्रो संस्कृति भाषा हो । डार्क साइकाेलाेजीमा याे gaslight effect हाे। यसता विचारले रुचि भएको कर्मचारी काम गर्न छोड्छ । कर्मचारीलाई उपयोग गर्न थालिन्छ। तर कर्मचारीले नै यो कुरा थाहा पाउँदैनन् । र, बिस्तारै यही रोगमा फस्दै जान्छन र अन्तत आफ्नो भएको योग्यता समेत गुमाउँदै जान्छन । कर्मचारीहरुले यो मनोविज्ञानको गोलचक्करमा फसेको जीवनभरी थाहै पाउँदैनन् । र, योग्य भैकन पनि सधैभरी आलोचित हुनुपर्ने बाध्यता हाम्रो कर्मचारीतन्त्रमा हुने कारण पनि यही हो ।
हाम्रोमा कर्मचारीले किन काम गर्दैनन् भनेर व्यवहारको अध्ययन गरिँदन । जब यसमा व्यक्तिगत ईर्ष्या ,राग ,मनाेवृति र भावनाले काम गर्छ । तब व्यक्तिलाई उत्प्रेरित गर्ने यस्ता बिचारहरु प्रयोग हुन्छन । यस्तो विचार प्रवाहित गर्ने व्यक्ति वा समाज स्वयं यो मनोविज्ञानबाट ग्रसित हुन्छ । फा्यड भन्छन ” प्रत्यक्ष रूपमा मान्छेको चेतनाले काम गर्छ भन्ने कुरा मान्छेले थाहा पाउँदैन ।त्यसैले ऊ बिचारको दास हुनेगर्छ र दुःखमा ईश्वरलाई पुकार गर्छ । ईश्वर भन्ने कुनै निरपेक्ष शक्ति हुँदैन ।” यो मनोवैज्ञानिक असर हाम्रो कर्मचारीतन्त्रमा पर्याप्त छ। विशेषगरी हाम्रोजस्तो देशमा यो मनोबिज्ञान रोगको रूपमा सबै क्षेत्रमा फैलिएको छ ।
यो मनोविज्ञान सरकारी निजी र गैरसरकारी सबै क्षेत्रमा ग्रसित छ । निजी क्षेत्रमा मालिकले श्रमिकलाई यही मनोविज्ञानबाट उपयोग गरेको छ। तलब र सुविधा कम भए पनि श्रमिक काम गर्न बाध्य छन् । किनकि उसलाई सबैतिरबाट कमजोर देखाइन्छ । रामानुज जस्तै थुप्रै प्रतिभा समाजबाट माथि उठ्न सकेका छैनन् । जसलाई समाजले पागल भन्छ । योग्यता चिन्दैन। सरकारी क्षेत्रमा बाठा नेतृत्वले कर्मचारीलाई कजाएर आफू जस लिने कारण पनि यही हो । तर योग्य कर्मचारीको प्रशंसा र पुरस्कारमा उनीहरुको ध्यान दिँदैनन् । किनकि सत्य कुराको उजागर हुन्छ भन्ने उनीहरूलाई डर हुन्छ । हाम्रो देशमा dark psychology काे असर कर्मचारीले बुझ्ने सकेको छैन । यो असरले कर्मचारीको आत्मविश्वासलाई घटाउँछ । र, क्रमशः परिस्थितिको अनुसरण गर्न बाध्य गराउँछ । कर्मचारीतन्त्र यही मनोवैज्ञानिक असर भित्र रमाएर बसेको छ । क्रमशः योग्यताको प्रयोगमा मनोवैज्ञानिक रूपले अपाङ्ग हुँदैगएको थाहा पाएको छैन ।
यो मनोवैज्ञानिक असरलाई कम गर्ने व्यवस्थापकीय औजार थुप्रै छन् । काममा सहभागिता, समन्वय ,तालिम, विषयवस्तुको ज्ञान, स्पष्ट धारणा को कदर, भ्रष्टाचार र अवसरमा कमी, कर्मचारीलाई समान व्यवहार, योग्यताको प्रयोग र प्रशंसा ,नतिजा र योग्यताको सम्बन्ध ,तथ्य र वस्तुको विश्लेषण आधारमा कर्मचारितन्त्र चल्नुपर्छ । समूह , टिममा काम गर्ने, नव प्रवर्द्धन अनुसन्धान र पारदर्शि वातावरणबाट हामी gaslight effect लाई कम गर्न सक्छौ । यसकालागि ब्याक्ती, संस्कृति र समाजसँगकाे अन्तरसम्बन्धको गहिरो अध्ययन हुनु जरुरी छ । जुन हाम्रोमा अहिलेसम्म आकाशको फल जस्तै देखिएको छ ।