Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य हालसम्मकै उच्च


    बुधबार, साउन ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज बुधबार सुन–चाँदीको भाउ बढेको जानकारी दिएको छ।

    अघिल्लो दिन मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो। चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार