Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेले भने- ०८४ को निर्वाचनपछि रास्वपाको एकल सरकार बन्छ


    शनिबार, असार ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचनपछि आफूहरुको नेतृत्वमा सरकार गठन हुने बताएका छन्।

    आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको नगर भेलालाई सम्बोधन गर्दै उनले ०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने कसैको पनि तागत नभएको बताएका हुन् । साथै, उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मिसन ०८४ मा लाग्नसमेत निर्देशन दिए । मिसन ०८४ का उद्देश्य असल मान्छेलाई पार्टीमा प्रवेश गराउनु रहेको उनले उल्लेख गरे।

    आफूहरु कुनै राजनीतिक दलको पछि नलागेको समेत उनले बताए । रास्वपा कुनै राजनीतिक दलको पछि नलागेर केवल जनताको मुद्दाका पछि लागिरहेको उनको दाबी छ । उनले आफूहरुलाई रास्वपा पनि उस्तै राजनीतिक दलजस्तै हो कि भन्ने भाष्य चार पाँच वर्षमाल बनाईन्छ कि भन्ने डर रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार