Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेको चेतवानी: मिटरब्याजसम्बन्धी अध्यादेश अर्को बैठकमा नल्याए सदन चल्न दिदैनौं


    शुक्रबार, असार २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) का सांसद् रवि लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले यथासिघ्र मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक तत्काल ल्याउनुपर्ने माग गरे।

    ‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथासिघ्र ल्याइयोस् ,’लामिछानेले भने, ‘नत्र अर्को बैठक चल्न दिने छैनौं । ’

    सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनको भनाइ । मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए । मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोसाधमा रहेको लामिछानेको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार