Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माल्टा पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक युवती पक्राउ


    सोमबार, असार २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् । उनले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक(पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार