Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुन–चाँदीको मुल्य


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

    आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार