Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख तीन दलले संसद्लाई सिन्डिकेट बनाउन खोजेको रवि लामिछानेको आरोप


    आइतबार, असार २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद्लाई कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका हुन् ।

    सभापति लामिछानेले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताए । उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे ।

    सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए । आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार