काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माणको क्रममा फर्जी बिल भर्पाइ पेश गरी ६ लाख ४८ हजार अनियमितता गर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीसहित ६ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माणका लागि आ.व. २०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भएको थियो । उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
अनुसन्धानका क्रममा गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरेको खुलेको आयोगले जनाएको छ ।
फिल्डमा नभए नगरेको कामसमेतको ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ भुक्तानी दिएर हानिनोक्सानी र्पुयाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) ले परिभाषित गरेको कसुर गरेको पुष्टि हुन आएकोले शाहीलाई ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यसैगरी चंखेली गाउँपालिकाका इन्जीनीयर मानबहादुर ऐडी र प्राविधिक सहायक गोभधन बोहरालाई पनि जनही ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दर्ता गरिएको छ ।
लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाबिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । उनीहरुसँग पनि जनही ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend