काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माणको क्रममा फर्जी बिल भर्पाइ पेश गरी ६ लाख ४८ हजार अनियमितता गर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीसहित ६ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माणका लागि आ.व. २०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भएको थियो । उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
अनुसन्धानका क्रममा गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरेको खुलेको आयोगले जनाएको छ ।
फिल्डमा नभए नगरेको कामसमेतको ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ भुक्तानी दिएर हानिनोक्सानी र्पुयाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) ले परिभाषित गरेको कसुर गरेको पुष्टि हुन आएकोले शाहीलाई ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यसैगरी चंखेली गाउँपालिकाका इन्जीनीयर मानबहादुर ऐडी र प्राविधिक सहायक गोभधन बोहरालाई पनि जनही ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दर्ता गरिएको छ ।
लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाबिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । उनीहरुसँग पनि जनही ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend