काठमाडौं । तत्कालीन हुम्लास्थित चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले चंखेली गाउँपालिका–३ मिमीमा वडा कार्यालय फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
फिल्ड निर्माण योजनामा ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ ८ पैसा अनियमितता गरेको अभियोग आयोगको छ । वडाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्य भन्दा बढी मूल्याङ्कन गरेको पाइएको अख्तियारले जनाएको छ।
उनीहरूले नापी किताबमा चढाएर निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेर ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ आठ पैसा भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
उनीहरुविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा मुद्दा दर्ता गरेको हो । कसुर प्रमाणित भएमा उनीहरूले बिगो जरिवाना र कैद सजाय भोग्नुपर्ने छ ।
आयोगले तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले फिल्डको वास्तविक निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको मूल्याङ्कन गराई वास्तविक रूपमा भएको कार्यभन्दा बढीको भुक्तानी माग गरी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend