Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर


    सोमबार, असार १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको हो ।

    तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार