Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरूवा बन्दुकसहित एक जना पक्राउ


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सल्यानमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । कपुरकोट गाउँपालिका-३ दमारखोला बस्ने ३७ वर्षीय कमल बिकलाई भरूवा बन्दुक १ थानसहित आज प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरी चौकी कपुरकोट र ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार