Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४४ वर्षको जेल सजाय तोकिएका थोकर १२ वर्षपछि


    बुधबार, असार १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको साविक छतिवन गाविस-९ दोभानमा १२ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्या घटनामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सूर्य थोकरलाई नियन्त्रणमा लिएको हो ।

    थोकरसहितको समूहले ठूलीकान्छी वललाई बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।

    दुई वर्षअघि मात्र मकवानपुर जिल्ला अदालतले थोकरलाई ४४ वर्ष जेल सजाय सुनाएको थियो । घटनाका बेला सूर्य २१ वर्षका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार