काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले नियुक्ति भएलगत्तै २०७९ जेठमा देशभरका गण, गुल्म र बीओपीले सादा पोशाकमा सशस्त्र प्रहरी नखटाउन निर्देशन दिएका थिए । तर आईजीपीको निर्देशन अटेर गर्दै गण, गुल्म र बीओपीका इन्चार्जहरुले सादा पोशाकका घुमुवा खटाउँदै भन्सारछली तस्करी गर्नेहरुबाट घुस असुल्ने गरेका छन् ।
सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा खटाएर अतिरिक्त कमाइको माध्यम बनाएको ब्यापक गुनासोपछि आईजीपी अर्यालले १ बर्षअघि उक्त निर्देशन दिएका थिए । तर त्यो निर्देशन शक्तिको आडमा गण, गुल्म र बीओपीका इन्चार्ज भएकाहरुले पालना नगरेको पाइएको छ ।
यसैक्रममा ८ नम्बर गण धनुषाका एसपी दिनेश मल्लले हवलदार श्यामसुन्दर प्रसाद यादवलाई जिल्लामा तस्करीको सेटिङमा खटाएका छन् । सशस्त्रमा १४ बर्षअघि सेवाप्रवेश गरेका श्यामसुन्दर यादव १३ बर्षदेखि धनुषाको गणका घुमुवामा कार्यरत छन् । उनको दरबन्दी पर्वत जिल्लामा छ । तर उनलाई दरबन्दीमा नपठाई एसपी मल्लले काजमा राखेर असुलीमा लगाएका छन् । यादवको काम तस्करहरुसँग हप्ता उठाएर एसपी मल्ललाई दिने हुँदैआएको छ ।
सशस्त्रका आईजीपी राजु अर्यालको निर्देशन अनुसार सबै सबै पुराना बदनाम घुमुवा लखेटिए पनि यादवलाई गणपति मल्लले राखिरहेका छन् । उनले बाहिनीको नाममा समेत तस्करहरुबाट उठाउने गरेका छन् ।

सीमाबाट तस्करी गर्ने सुरेश साह, उमेश साह, अहसान छोटे, समतुल्लाह लगायतबाट दररेट तोकेर तस्करीको लाइन दिने गरेका छन् । इनर्वा नाकादेखि धनुषाका अन्य नाकाबाट तस्करी गर्नेहरुबाट समेत उनले लाइन दिने गरेका छन् । नेपालबाट भारततर्फ ठूलो मात्रामा मदिराको तस्करी हुने गरेको छ । अलौदिन,अयूबले नेपालबाट गोरु भारततर्फ लाने गरेका छन् ।
त्यसैगरी, महोत्तरीका नेपाल प्रहरीका एसपी प्रकाश मल्लले असई राजेश यादवलाई घुमुवा राखेर अतिरिक्त कमाइको लागि परिचालन गरेका छन् । सबै विवादित घुमुवाहरुको सरुवा भए पनि उनको भएको छैन । एआईजी मिरा चौधरीले अनुगमन गरेपछि धेरै विवादित घुमुवाको सरुवा भए पनि यादवलाई भने एसपी मल्लले यथावत राखेका छन् ।
त्यसो त धनुषाका एसपी विश्वराज खड्काले सई बब्लु ठाकुरलाई घुमुवा राखेको बिषयमा आईजीपी बसन्त कुँवरको निर्देशनपछि उदयपुर सरुवा गर्न बाध्य भएका थिए । उदयपुर सरुवा भए पनि बब्लुले हरेक हप्ता धनुषामा आई तस्करदेखि क्रसरसँग सेटिङ गर्ने काम जारी राखेको स्रोतको दाबी छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend