Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नेप्से ११ अंकले बढ्दा ५ अर्ब ३१ करोडको कारोबार


    सोमबार, असार ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ११.६९ अंकले वृद्धि भएको छ

    आज नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन परिसूचक ६२ अंकले बढेको थियो। परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

    आइतबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। यसदिन २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा खरिदबिक्री भयो।

    चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। अघिल्लो कारोबार दिन आइतबार ७ बढि कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको थियो।

    यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ५९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

    यस्तै सोल्टी होटलको २७ करोड र हिमालयन डिस्टिलरीको २२ करोड मूल्यको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। १३ उपसमूहमध्ये ८ को सूचक बढ्यो भने बाँकी ५ को घट्यो।

    माइक्रो फाइनान्सको सूचक सर्वाधिक ३.९९ प्रतिशतले बढ्यो। आज १२३ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ४ को स्थिर रह्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार