काठमाडौं । अवैध लागूऔषध कारोबार गर्ने पाँच जना विदेशी नागरिकसहित १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले काठमाडौं उपत्यकामा लागूऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागूऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामङ्गलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका वर्ष २७ का हेमन्तकुमार भगतलाई लागूऔषध खैरो हेरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा परी घुँडाभन्दा तल गोली लागि उपचारको क्रममा रहेको जानकारी दिएको छ ।
साथै निजसँग सोधपुछ गर्दा भारतको बिहर राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र निजलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको दुई वटा सुटकेस चेकजाँच गर्दा सुटकेस भित्र लागूऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताए।
उनले असार ३० गतेललतिपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौधरीलाई लागूऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको र असार ५ गते काठमाडौं महानगरपाकिला १६ बाट चन्द्रागिरी नगरपालिका ८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर सात पिससहित पक्राउ गरेको जानकारी दिए ।
यसैगरी, असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागूऔषध कोकिन ३ जिएम ७ सय एमजिसहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम, चेक रिपब्लिक देशका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन चार सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको उनले बताए ।
उनले असार ६ गते नेपाल प्रहरीले कामनपा १६ स्थित एक होटलबाट इटालियन नागरिक वर्ष ३४ का डेभिडमिनाडिओलाई अवैध लागूऔषध चरेस ६ ग्रामसहित पक्राउ गरी थप अनुसन्धानको सिलसिलामा कामनपा २६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपियाँ एक लाख ३९ हजार, युरो सात सय, टर्किस रुपियाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको बताए ।
त्यस्तै, प्रहरीले असार ७ गते कामनपा २६ बाट धादिङ रुबीभ्याली–२ का वर्ष ४२ का दावा तामाङ र सोही स्थान वडा–४ का वर्ष ३३ का नरबहादुर तामाङलाई लागूऔषध २ ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरिएको जनाएको छ ।
असार ७ गते नै ३ः३५ बजेको इण्डियन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै ओमानको मट जान लागेका जिल्ला झापा भद्रपुर नगरपालिका–४ का वर्ष २५ का सुमन लिम्बूलाई अवैध लागूऔषध गाँजाको ४ केजी ७५० ग्राम फेला पारी पक्राउ गरेको जनाएको छ । बरामद लागूऔषधको अवध बजार मूल्य दुई करोड ३३ लाख १५ हजार २५० रहेको बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend