Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लाबाट लागूऔषधसहित ३ जना पक्राउ


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जुम्ला। लागूऔषधसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-२ घर भइ हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडामा कोठा भाडामा बस्ने अन्दाजी २६ वर्षीय प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय खुमबहादुर रावत हुन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

    शंकास्पद लाग्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डीएसपी प्रह्लाद कार्कीले बताए । सोधपुछको क्रममा उनीहरुले उक्त लागूऔषध जुम्लाको चन्दननाथ नगपरपालिका- ५ बस्ने अन्दाजी २२ वर्षीय मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार