Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • हेर्नुहोस् कति छ आज सुनचाँदीको मूल्य


    बुधबार, असार ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कायम भएको छ ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १० हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    महासंघको अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५ रुपैँयाले घटेर १ हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार