Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा पनि भारतीय चलचित्र प्रदर्शन गर्न रोक


    सोमबार, असार ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखरामा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाइएको छ । पोखरा महानगरपालिकाले आइतबार सिनेमा हलहरूलाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय चलचित्र नचलाउन निर्देशन दिएको हो ।

    पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म महानगरपालिका क्षेत्रभित्रका चलचित्र हलमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न रोक्न लगाइएको महानगरले बताएको छ ।

    यसअघि काठमाडौं महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने घोषणा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार