Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • २८ अर्ब ५० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


    आइतबार, जेष्ठ २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी गरेको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

    बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल असार २६ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल भदाै २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २६ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ११ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८१ साल जेठ २९ गते परिपक्क हुनेछ ।

    राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि जेठ २९ गते, आइतबार दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी जेठ ३० गते, मंगलबार बिक्री हुनेछ ।

    ट्रेजरी बिल भनेको के हो ?

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार