Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ


    बिहिबार, जेष्ठ २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी तामाङले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार