Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज


    मंगलबार, जेष्ठ २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ । आज दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।

    शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

    मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार