काठमाडौं । सगरमाथा आरोहणमा गएका रञ्जितकुमार साह १३ दिनदेखि हराइरहेका छन् । जनकपुर उपमहानगरपालिकाका ३५ बर्षीय साह २०८० जेठ १० गते (मे २४)देखि हराइरहेका छन् । २०८० जेठ ७ गते बेसक्याम्प पुगेका उनी जेठ १० गते फोर्थ क्याम्पमा पुगेका थिए । त्यसपछि उनी हराइरहेका छन् ।
साहकी बहिनी सुजानी साहका अनुसार मे २१ मा बेसक्याम्पबाट आरोहण सुरु गरेका रञ्जित मे २४ मा फोर्थ क्याम्प पुगेका थिए । तर मे २५ देखि उनी हराइरहेका छन् । उनले भनिन्–८ हजार ६ सय ७५ मिटर उचाइमा पुगेपछि उनकोे जीपीएस बन्द भयो । ह्याप्पीफिड माउन्टेनर्स नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका उनको मोवाइल भने बेसम्याम्प नजिकै हराएको ३ दिनपछि एक्टिभेट भएको छ ।
सुरुमा रञ्जितले आरोहणमा मोवाइल लगेको हप्पी फिडले उनका परिवारका सदस्यलाई जानकारी गरायो । तर पछि मोवाइल लगेको होइन, कसैले चोेरेको होला, त्यही भएर चलेको हुनसक्छ । यसरी हराएका रञ्जितको बारेमा ह्याप्पी फिडले एकपछि अर्को परस्पर बिरोधी कुरा गर्नाले उनका परिवारजन झन् संशकित भएका छन् ।
सुजानी साहले भनिन्–‘ बेसक्याम्पको खाल्डोमा मोवाइल कसरी भेटियो ?’ ह्याप्पीफिड माउन्टेनर्सले फरक फरक बयान दिएकाले हामीलाई आशंका जन्माएको छ । हाम्रो दाजुको खोजीमा समेत ह्याप्पीफिड माउन्टेनर्सले चासो राखेको छैन । हाम्रो दाजुको खोजी चाँडो गर्न हामी पर्यटन विभागदेखि सरोकारवाला निकायसँग आग्रह गर्दछौं ।’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend