Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० देशको अवैध रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ


    सोमबार, जेष्ठ २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५८ वर्षीय फेङ चाङवेनलाई बाटिक एयरबाट मलेसिया जाने क्रममा पक्राउ गरेको हो ।

    चाङवेनको साथबाट ९ लाख ८ हजार रुपैयाँ नेपाली पैसा, भियतनामिज डोङ ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ७ हजार ८४० र लावोसियन किप २ लाख ५० हजार बरामद भएको छ ।

    उनको साथबाट सिंगापुर डलर २४२, मलेसियन रिंगट ३५१, थाई भाट एक लाख १३ हजार ९५०, चाइनिज युआन २१ र २ हजार अमेरिकी डलर पनि बरामद भएको छ । चाङवेनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार