काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५८ वर्षीय फेङ चाङवेनलाई बाटिक एयरबाट मलेसिया जाने क्रममा पक्राउ गरेको हो ।
चाङवेनको साथबाट ९ लाख ८ हजार रुपैयाँ नेपाली पैसा, भियतनामिज डोङ ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ७ हजार ८४० र लावोसियन किप २ लाख ५० हजार बरामद भएको छ ।
उनको साथबाट सिंगापुर डलर २४२, मलेसियन रिंगट ३५१, थाई भाट एक लाख १३ हजार ९५०, चाइनिज युआन २१ र २ हजार अमेरिकी डलर पनि बरामद भएको छ । चाङवेनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend