Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली नोटसहित दुईजना पक्राउ


    आइतबार, जेष्ठ २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।

    पर्साको वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

    चितवन, भरतपुर महानगरपालिका-३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार