Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनकोशी नदिमा बेपत्ता भएका सिटीइभिटीका कर्मचारी अझै भेटिएनन्, आज बिहानैदेखि खोजी जारी


    शनिबार, जेष्ठ २० २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुली। हिजो (शुक्रबार) सुनकोशी नदीमा स्कारपियो खस्दा बेपत्ताहरुको आज शनिबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ।

    शुक्रबार साँझ अबेरसम्म खोजी गरिए पनि गाडी र बेपत्ताको कुनै टुङेगो नलागेपछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी, स्थानीयको संयुक्त टोलीले शनिबार बिहानैदेखि खोजी कार्य थालेको हो।

    काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्न मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।

    दुर्घटनामा (सीटीईभीटी) का प्रशासन निर्देशक भानु नगरपालिका ९ तनहुका वर्ष ५७ का कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका ७ पूर्वी नवलपरासीका वर्ष ५६ का यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका ५ ईलामका वर्ष ३२ का भानु पौडेल बेपत्ता छन्। उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए।

    बेपत्ताहरुको खोजीका लागि शुक्रबार नै काठमाण्डौं स्थित सिनामंगलबाट आएको शसस्त्र प्रहरीको गोताखोरको टोली, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले बताए।

    जीपका चालक राप्ती गाउँपालिका ६ दाङका वर्ष ३१ का कृष्ण चौधरी सुनकोसीबाट पौडिएर निस्कन सफल भएका थिए। उनलाई खुर्कोट स्थीत शुभजिवन सामुदायिक अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मुख र हातमा चोट लागेको थियो।

    ‘शुक्रबार दिनभर नेपाली सेना, प्रहरी र स्थानीयले डुंगा, बोर्टको सहायतमा खोजविन गरे पनि केही पत्ता नलागेपछि आएको गोताखोरको टोलीले बेपत्ताको खोजी गरिरहेको छ। गाडी खसेको स्थानमा नदी गहिरो भएको र पानि पनि धमीलो भएका कारण पत्ता लगाउन कठिन भएको छ,’ उनले भने।

    स्कारपियोका चालक चौधरीका अनुसार गाढीमा ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर सुनकोशी नदिमा खसेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार