Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका मन्त्री सिंहको मृत्यु


    मंगलबार, असार ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेजले बताएको हो ।

    सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने तीन जना पुगेका छन् । यसअघि मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको बझाङमै मृत्यु भएको थियो ।

    सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको प्रहरीले बताएको छ । आज मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार